सातामा प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा यो साताको शुक्रबार ७०० रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्मा ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । यसबाहेक, यो साता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

जुन, यो साताको शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.