बाँकेका स्थानीय तह र अस्पताललाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बाँकेका स्थानीय तह र अस्पताललाई उपलब्ध
नेपालगञ्ज  । कोरोना संक्रमणको सम्भावित तेस्रो लहरको सामना तयारीका लागि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बाँकेका स्थानीय तह र अस्पताललाई उपलब्ध गराएको छ । 

नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज उपमहानगर, खजुरा गाउँपालिका,  कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, पीपीई सेट, सर्जिकल मास्क, हेण्ड सेनिटाइजर, अक्सिमिटरलगायत १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्धी गराइएको हो । 

स्वास्थ्य सामग्रीहरु जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेसँग समन्वयमा उक्त सामग्री  हस्तान्त्रण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए । 

साथै प्लान नेपालले बाँके युनेस्को क्लवसँगको सहकार्यमा  बाल संरक्षण कोष स्थापनाका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई एक लाख ५० हजार र खजुरा गाउँपालिकालाई ५० हजार आर्थिक सहयोग गर्नुको साथै खजुरा गाउँपालिकाका विपन्न, पीडित, प्रभावित र अति जोखिममा रहेका २७ बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.