काठमाडौं । गीतकार विदुर तिमिल्सिना (देवदूत) ले ‘राजाको हात्ती’ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । उनले खाडीका नेपालीहरुको अनुभवलाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् ।
गीतमा सर्जक तथा गायक दिनेश गौतम र भारतीय गायिका अनु सिंहको स्वर रहेको छ । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् । गीतलाई भिडियोले पनि न्याय गरेको छ ।
भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा मुकुन भुसाल र सृष्टि खड्काले अभिनय गरेका छन्। यस्तै अभिनयमा कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।
नेपाल बैँकमा अधिकृत रुपमा आफ्नो करियर अघि बढाएका उनले राजाको हात्तीलाई दर्शक श्रोताले मन पराइदिने विश्वास लिए ।
(भिडियो)