काठमाडौं । प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वाटरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिल बस्ने डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।
वि.स २००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी हुन । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालय मा रेकर्ड रहेको छ ।