कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु, मन्त्रीको नाम टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट मन्त्री पठाउने विषयलाई लिएका र कांग्रेस पदाधिकारी बैठक बसेको हो ।

कांग्रेसका छुट्टाछुट्टै पक्षले बैठक सकाएलगतै पदाधिकारी बैठक बसेको हो । कांग्रेसले मन्त्रिपरिषद्का लागि आजै नाम सिफरिस गर्नेगरि डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत बैठकमा सहभागी भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.