एमसिसी सहमतिमा मात्रै पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसी सम्झौता सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।

बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्री डा. खड्काले यस्तो बताएका हुन् । 

एमसिसीबारेलाई लिएर के गर्ने भनी प्रश्न उठिरहेका बेला राष्ट्रसंघको बैठकमा सहभागी भएर स्वदेशमा फर्किएका खड्काले  एमसिसी माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराए । 

सो क्रममा खड्काले एमसिसी राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा अध्ययन नगरिएको भनी प्रश्न गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.