दुई पाकिस्तानीद्धारा काठमाडौंमा पाकिस्तानी नागरिक अपहरित

काठमाडौं । काठमाडौंमा एक पाकिस्तानी नागरिक अपहरित भएका छन् । उनलाई क्यानडा पठाउने भन्दै नेपाल बोलाएर अपहरण गरेको खुलेको छ । पाकिस्तानी नागरिक अपहरणको आरोपमा दसई जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुई जना पनि पाकिस्तानी नागरिक हुन् । जेसन मोहम्मद र ताज रजवाजलाई ललितपुर प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार फैजान अहमदलाई उनीहरुले नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।

विमानस्थलबाट क्यानाडाको लागि अन्तर्वार्ता भन्दै फैजानलाई सिभिल होम्समा लगेर बन्धक बनाएको थियो । सो जानकारी फैजानले प्रहरीसमक्ष बताएका छन् । फैजानका अनुसार जेसन र ताजले बन्धक बनाए पछि परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।

६्वाईलेट जाने बहाना फैजान भागेर प्रहरीको सम्पर्कमा पुगेका थिए । त्यसैको आधारमा प्रहरीले जेसन र रजवाजलाई पक्राउ गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.