हुम्लाका सबै वडामा कांग्रेस अधिवेशन
निवार्चन अधिकृतले खटाएका प्रतिनिधि जिल्लामा पुगे लगत्तै सबै वडामा अधिवेशन सुरु भएको सापकोटाले न्युज कारखानालाई जानकारी दिए ।

सिमकोट । हुम्लाका  सबै वडामा नेपाली कांग्रेसको अधिवेशन भएको छ । जिल्ला निर्वाचन अधिकृत दुर्गा सापटाका अनुसार ४४ वडा रहेको हुम्लाका सबै वडामा अधिवेशन भएको हो ।

केन्द्रीय निवार्चन अधिकृतले खटाएका प्रतिनिधि जिल्लामा पुगे लगत्तै सबै वडामा अधिवेशन सुरु भएको सापकोटाले न्युज कारखानालाई जानकारी दिए । मतदान अधिकृत छनौट र खटाउने कार्य पुरा भएसंँगै सबै वडाको अधिवेशन आजै सम्भव भएको सापकोटाले बताए ।

नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकाया र नेपाल शिक्षक संघसँगको समन्वयमा सबै मतदान अधिकृत छनौट गरिएको उनले बताए ।

'जिल्लाबाट सबै मतदान अधिकृत नियुक्त गरेर खटाउने कार्य एक दिन अगाडी नै भइसकेकाले वडा अधिवेशन समयमै गर्न सम्भव भएको हो', सापकोटाले भने ।

वडाका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई मदतान अधिकृतको रूपमा खटाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.