सत्तारुढ दल नेपाली कांग्रेसले आज भारत प्रस्तान गर्ने भएको छ । केही महिनाअघि भाजपाका विदेश मामिला प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणका क्रममा दुई देशका पार्टीको स्तरमा संवाद सुदृढ बनाउने सहमतिबमोजिम भ्रमण हुन लागेको हो ।
भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुमधुरमा केन्द्रित हुने भनिएको सो भ्रमणका क्रममा कांग्रेस नेता र भारतीय सत्तारुढ दल भाजपाका नेताबीच भेटघाट हुनेछ । तर, दुवै सत्तारढ दल भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी वा सार्वजनिक ओहोदाका भारतीय नेतासँग भेटघाट नहुने बताइएको छ ।
नेपालमा नयाँ प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्रीले बधाई दिने विगतमा अभ्यास रहे पनि देउवा प्रधानमन्त्री भएपछि भारीय प्रधानमन्त्रीबाट त्यसो नहुँदा दुई देशबीचको सम्बन्धलाई लिएर महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेको लगभग तीन महिना पुग्नै लाग्दा भारतबाट नेपालका प्रधानमन्त्री देउवालाई भ्रमणको औपचारिक निम्तो आएको छैन । यो विषयमा केन्द्रित रहेर टिकाटिप्पणी र आशंका जारी छन् ।
देउवा सरकारलाई भारतले त्यति वास्ता नदिनुको पछाडि विवादास्पद कालापनी, लिपुलेक र लिम्पियाधुरा मुद्दा जोडिएको कतिपयको आकलन छ ।
२०७५ सालमा नेपालले आफ्नो नक्सामा सो विवादित भूमि समेटेपछि नेपाल-भारत सम्बन्ध चिसिँदै आएको छ। नक्सा सार्वजनिक गरेसँगै भारतले नेपाल चीनसँग नजिकिएको आरोप लगाउँदै आएको छ।
भारत नेपाल आफूअनुकुल चलेको हर्न चाहन्छ । तर,केही समयदेखि नेपाल भारत अनुकुल छैन । सर्वोच्चको फैसलाबाट बनेका प्रधानमन्त्रीबाट भारत नेपालमा विगतको आफ्नो विरासत फर्काउन चाहन्छ ।
हाल नेपालको भूमिमा साडक निर्माण, स्वतन्त्र रुपमा छिमेकी देश चीनसँग गरेका व्यवहारमा शंका गर्ने त कहिले नेपाली आकाशमा हेलिकोप्टर उडाइ दुई सार्वभौम मुलुकबीच हुनुपर्ने सौहार्थपूर्ण व्यवहारमा भारतले चेतावनी दिएको भनी नेपालमा टिकाटिप्पण जारी छ । जसका कारण पनि दुई देशको बीचको सम्बन्ध शंकास्पद छ । आजबाट सत्तारुढ दल कांग्रेसले गर्ने भारतीय भ्रमणमा यावत समस्या समाधानार्थ बहस चलाउनुपर्छ ।