ईपीएलः फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

काठमाडौं । इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् ।

बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स(११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ ।

फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.