जनणनामा महिलाको जनसंख्या अझ बढ्ने आँकलन

जनकपुरधाम । नेपालमा महिलाको जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएको छ । २०६८ को जनगणना अनुसार मुलुकमा महिलाको जनसंख्या ५१ प्रतिशत छ ।

तर, जन्मदर पुरुषभन्दा महिलाको बढी रहेको र वैदेशिक रोजगारीमा जानेमा पनि पुरुषको जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाको जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

जनकपुरधाममा आयोजित ‘जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठीमा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले ’यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या बढी हुनेसक्ने आँकलन रहेको बताए ।

रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुको गणना पनि हुन्छ । मुलुक बाहिर गएकामध्ये केहीको तथ्यांक छुट्नसक्न जोखिम पनि रहन्छ ।

पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेको उनको भनाइ छ ।

२०६८ को जनगणना अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ। तर यो जनसंख्या बढेर ३ करोड ८ लाख पुगेको विभागको तथ्यांक छ । यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.