नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शनिवार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताए ।  

उनले भने– ‘मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो । भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । अहिले राजस्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ । अहिले बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताए ।  
 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.