भारतीय कम्पनीसँग भएको नेपाल टी–२० लिग सम्झौता रद्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

क्यानको केन्द्रिय समितिको बैठकले भारतीय कम्पनिसँग सम्झौताका बेलादेखि नै विवादास्पद उक्त सम्झौता रद्ध गर्ने निर्णय गरेको हो । क्यानको बैठक हिजो शुरु भएर आज सम्पन्न भएको छ ।

क्यानले १० बर्षका लागि भारतीय उक्त कम्पनिसँग नेपाल टी–२० लिग गर्न ४२ करोडको सम्झौता गरेको थियो ।

सम्झौता लगतै क्यानमा अनुमोदनको प्रस्ताव उठेको थियो । सोही बेलादेखि उक्त सम्झौता विवादित बनेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.