मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले रिक्त रहेका ६ मुख्य न्यायाधीश पदपूर्ति गर्न ६ जनालाई सिफारिस गरेको हो । मुख्य परिषद्ले मुख्य न्यायाधीशका लागि सिफारिस गरेकाहरूमा लोहितचन्द्र शाह,माधव पोखरेल,रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापा रहेका छन् । 

शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारी, बिराटनगर, पौडेललाई, जनकपुर, पाण्डेलाई तुलसीपुर, थापालाई दिपायलका लागि सिफारिस गरिएको परिषद् श्रोतले जानएको छ । त्यस्तै नृपध्वज निरौलालाई पाटन सरूवा गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.