नेसपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

मङ्गलवार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय भएको थियो । यसअघि माओवादीसँग एकता गर्ने÷नगर्ने विषयमा अध्यक्ष द्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच मतभेद देखिँदा समस्या आएको थियो । यस्तै माओवादीसँग एकता गर्नका लागि नेसपाले भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.