काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । मन्त्रिपरिषद् विस्तारलाई मुख्य विषय बनाएर बैठक आयोजना गरिएको बालुवाटार स्रोतले बताएको छ ।
बैठकले आजै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गर्ने बताइएको छ । सत्तारुढ दलले पाएको मन्त्रीसंख्या अनुसार मन्त्रालयहरुमा मन्त्रीको नाम आजै टुंगो लगाउने बताइएको छ ।
सत्तारुढ दलमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय पाएको छ
यस्तै कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भागमा एक–एक राज्यमन्त्री पनि परेको छ । बैठकमा नेपाली कांग्रेस बाहेकका दलले मन्त्रीको नाम सिफारिस गरिने बताइएको छ ।