नेकपा एसमा किचलो, मन्त्रीको फाइनल नाममा पुनर्बिचार गर्ने जिम्मेवारी माधव नेपाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक राज्यमन्त्री सहित ५ मन्त्रालय पाउने भएको छ । ५ मन्त्रालय पाउने भएपछि नेकपा एसले मन्त्रीमा जाने सांसदहरुको नाम केही दिन अघि मात्रै टुंगो लगाएको थियो ।

तर त्यतिबेला फाइनल गरिएका नामहरुमा असमति भएपछि पुनः उक्त नाममा पुनर्बिचार गर्न स्थायी कमिटी बैठकमा आवाज उठेको थियो । मन्त्रीको लिस्टमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ थिए ।

उक्त नामहरुमा स्थायी कमिटीका सदस्यहरु असन्तुष्ट देखिएपछि नाममा फेरबदल गर्न अध्यक्ष माधव कुमार नेपाललाई जिम्मेवारी तोकिएको छ । कांग्रेस र माओवादीको समान हैसियतमा मन्त्रालय पाउनु पर्ने माग पनि नेकपा एसमा उठेको छ ।

समान मन्त्रालय माग गर्ने र अन्तिम नाम टुंगो लगाउने जिम्मा लिएर नेता नेपाल बालुवाटारमा आयोजना भएको शीर्ष नेताहरुको बैठकमा सरिक भएका छन् ।

नेता विरोध खतिवडाको नेतृत्वमा नेकपा एसले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.