अवैध लागूऔषधसहित बाँके र पर्साबाट ४ जना पक्राउ

काठमाडौँ। अवैध लागूऔषधसहित बाँके र पर्साबाट ४ जना पक्राउ  परेका छन्।

बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

त्यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने कालिकोट रानीत्रिवेणी गाउँपालिका-५ घर भएका ३० वर्षीय विश्वराज बम समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.