कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कायक्रम नगर्ने भएको छ ।कोभिड महामारीको त्रास अझै कायम रहेको भन्दै कांग्रेसले यसपटक चियापान समारोह स्थगित गरेको हो ।

अघिल्लो वर्ष पनि कोभिडकै कारण चियापान गर्न सकेको थिएन । कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपील गरेको छ ।

कांग्रेसले कोभिड महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास राखेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.