किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ
किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका-९ का ३३ वर्षीय भोला कटवाललाई प्रहरीले पक्राउ गरेको हो ।
ओखलढुंगा । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका-९ का ३३ वर्षीय भोला कटवाललाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा बास बस्ने क्रममा किशोरीलाई जवरजस्ति करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको जाहेरीका आधारमा आरोपित कटवाललाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठले बताए । 

आइतबार राति सिद्धिचरण नगरपालिका-११ स्थित एक होटलमा बास बस्ने क्रममा कटवालले आफूलाई जवरजस्ती करणी गरेको भन्दै किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले पीडित किशोरीको उमेर भने खुलाएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.