काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जालजेलपूर्ण क्रियाशील सदस्यमा आफूहरुको नाम काटिएको भन्दै गुनासो गरेका छन् ।
उनले आगामि स्थानीय तहको निर्वाचनमा विद्रोह गर्ने चेतवानी समेत दिएका छन् । आज एक विज्ञप्ति सार्वजनिक गर्दैँ जोशीले कांग्रेसको टिकट नातेदारलाई र बाँकी टिकट बिक्री गर्न लागिएको आरोप समेत गगाएका छन् ।
आफूहरुलाई रोकिएको भन्दै जोशीले ‘आफ्नो टिकट आफै लियौं र योग्य व्यक्तिलाई विजयी गराऔं’ भन्ने अभियानको घोषणा समेत गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् ।
‘नेपाली काङ्ग्रेसको नेतृत्वबाट कुनै आशा नरहेको वर्तमान अवस्थामा तनहुँ जिल्लामा आगामी स्थानीय निर्वाचनमा ‘आफ्नो टिकट आफै लियौं र योग्य व्यक्तिलाई विजयी गराऔं’ भन्ने अभियान अन्तर्गत म यही कार्तिक २२ गतेबाट तनहुँ जिल्लाका प्रत्येक वडामा आफै उपस्थित भई यो अभियानलाई सार्थकता दिन तपाईंहरू नेपाली काङ्ग्रेसका साथीहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने कार्यक्रम राखेको छु’ जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ म तनहुँ मात्र होइन देशभरका सबै अपहेलित, पीडित र अपमानित नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सच्चा काङ्ग्रेसलाई सहयोग गर्न र अन्यायका विरुद्ध एक जुट भएर विद्रोह गर्न पनि हार्दिक आव्हान गर्दछु । आज राष्ट्रिय राजनीतिमा तनहुँको साख गिरेको छ, शिर निहुरिएको छ । राजनीति र विकास दुबै क्षेत्रमा तनहुंँ जिल्ला भूमिका विहीन भएको छ । तनहुँ जिल्लाको गिरेको साख उठाउन विशेषत तनहुँ जिल्लाका नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरूलाई मेरो यो अभियानमा साथ र सहयोग दिन पनि विशेष अनुरोध समेत गर्दछु ।’