कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

काठमाडौ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ । तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको कांग्रेले जनाएको छ। पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवारी हुन् ।

क्रियाशील सदस्यता छानविन समिति सदस्य रहिसकेका पौडेलले केहि दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.