काठमाडौं । सरकार विस्तारका लागि बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश नं. १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने निर्णय गरेको छ ।
समाजवादी पार्टीले समान हैसियतमा मन्त्रालय माग गरेपछि दुई प्रदेशको मुख्यमन्त्री बनाउने गरि सघाउने निर्णय भएको हो ।
क्विक नेपालसँग कुरा गर्दै नेता विरोध खतिवडाले दुबै प्रदेशमा दशैं मैै समाजवादीको नेतृत्वमा नयाँ सरकार बनिसक्ने दावी गरे ।
गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्णय गरे अनुसार समाजवादीबाट प्रदेश नं. १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने संभावना देखिएको छ ।