विस्वासको मत पाएका मुख्यमन्त्री राउत जानकी मन्दिरमा

जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् । बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका हुन् । मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।

बुधबारको प्रदेश सभा बैठकमा उपस्थित सय जना सांसदमध्ये ७७ जनाले विश्वासको मत दिएका थिए। २३ जनाले विपक्षमा मतदान गरेका थिए । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.