देउवा नेतृत्को सरकारले आज पनि मन्त्रिमण्डल विस्तार गर्न सकेन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्को सरकारले आज पनि मन्त्रिमण्डल विस्तार नगर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा बसेको गठबन्धन बैठकमा मन्त्रालय भागवण्डामा विवाद भएपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको गठबन्धनका एक नेताले बताए ।

ती नेताका अनुसार शुक्रबार मन्त्रिपरिषदु विस्तार हुने छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसकेका छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने यसअघि नै सहमति भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.