कारमा सवार व्यक्तिमाथि गोली हानी ८ लाख लुटियो

बुटवल । कारमा सवार व्यत्तिलाई अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । कपिलवस्तुको गोरुसिंगे जंगलमा सो घटना घटेको हो ।

तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार भएको हो । गाली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको एसपी दानबहादुर कार्कीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.