वीरगञ्ज । दाहसंस्कार गर्दागर्दै प्रहरीले एक युवतीको शव नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा प्रहरीले एक भारतीय युवतीको शव नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको शवलाई प्रहरीले पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।
जबरजस्ती करणी गर्ने क्रममा अत्यधिक रक्तश्राव भई १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले बिहीबार साँझ युवतीको शव नियन्त्रणमा लिएको हो ।
भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी ती किशोरी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन् । जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको आशंका गरिएको छ ।