देउवा किन गए शीतल निवास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा सोबारे छलफलका लागि देउवा विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।  

देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ ।

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.