बाजुरा। नेपाली कांग्रेसको १४ अधिवेशअन्तरगत बाजुरा जिल्लामा देशकै कान्छो कांग्रेस महाधिवेशन प्रतिनिधि छनौट भएकी छन् । जिल्ला अधिवेशनअन्तरगत भएको निर्वाचनमा ६०२ मत ल्याएर २२ वर्षीय रीता शाही छनौट भएकी हुन् ।खस आर्य कोटाबाट शाही महाधिवेशनमा प्रतिनिधि विजयी भएकी छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षको वर्चस्व रहे पनि यसपटक जिल्ला कार्यसमितिमा संस्थापन समूहले ठूला हार खानुपरेको छ।
स्थानीय कांग्रेस नेताका अनुसार एक जना सहसचिवबाहेक सबै पदाधिकारी तथा सदस्यमा वरिष्ठ नेता रामचन्द पौडेल र सिटौला पक्षका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगतको जिल्ला अधिवेशन जारी रहेको छ ।