‘परमादेश’सरकारसँग प्रधानन्यायाधीश राणाले मन्त्री पद साटेको कानूनविद्हरुको आरोप

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरेसंगै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सर्वत्र आलोचना हुन थालेको छ । पटक पटक आलोचित बन्दै आएका प्रधानन्यायाधीश राणालाई पुन परमादेशसंग मन्त्री पद साटेको आरोप लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्ति गरेपछि कानूनविदहरुले जबराको कडा आलोचन गर्न थालेका हुन् । संसद विघटन गर्नुहुन्न, संसदको रक्षा गर्नुपर्छ भनेर लागेको दलहरुले नै संसदीय मर्यादा विपरित प्रधानन्यायाधीशको भागमा गैर संसादलाई मन्त्री बनाउन लागिपरेपछि विवाद चर्किएको हो । यहि प्रसंगमा केही कानूनविद्हरुको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

भीमार्जुन आचार्य, संविधानविद्
संविधानविद् भीमार्जुन आचार्यले सर्वोच अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले परमादेशसंग मन्त्री पद साटेको भन्दै आक्रोस व्यक्त गरे । उनले शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तार घटना दुःखद र आपत्तिजनक रहेको बताए । उनले भनेका छन्,‘देउवा खराब थिए, खराबै रहने पक्का भयो । ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो ।

जसरी गरेका हुन्, गरेकै देखियो’, ‘तर इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन । के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन र ? ‘तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् ठीक थियो भन्ने कदापि होइन’, ‘दुवै खराब थिए र अहिले पनि खराब नै रहने भए ।

डा. विपिन अधिकारी, संविधानविद्
कानूनविद् डा. विपिन अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले गर्न नहुने काम गरेको बताए । न्यायापालिकालाई दुषित बनाउने काम प्रधानन्याधीश राणाबाट भएको उनले दावी गरे । प्रधानन्यायाधीश राणाले गरेका पछिल्ला गतिविधिका कारण न्यायलयको मूल्य तोक्ने काम हुनसक्छ, अधिकारीले भनेका छन् । जहाँ सरकार निर्माणमा कार्यपालिका र न्यापालिका संलग्न हुन्छ भने त्यहाँ कानून मरेर जान्छ ।

कानून मार्ने अधिकार कसैलाई छैन । तत्काल प्रधानन्यायाधीशबाट राणाले राजिनामा दिनुपर्छ । प्रधानन्यायाधिश राणाले केहि राम्रा काम गरेको प्रमाण छन् तर यस्ता खराव कुकर्मका कारण राम्रा कामको पनि अस्तित्व माटोमा मिलेको छ । प्रधानन्यायाधीशले गरेको यस्ता कार्यका कारण न्यालयको साखमाथिनै प्रश्न चिन्ह् खडा भएको छ । साथै न्यायालयमाथि जनताको भरोसा पनि टुटेको छ । प्रधानन्यायाधीश जबराले खुलेआम राजनीतिलाई प्रशय दिएर न्यायलयभित्रैबाट गलत कार्यको थालनी गर्नुु दुःखद कुरा हो ।

डा. चन्द्रकान्ता ज्ञवली, कानूनविद्
कानूनविद् डा. चन्द्रकान्ता ज्ञवालीले संसद् पुनस्थापनादेखि अन्य कार्यमा राम्रो भूमिका निभाएका थिए । तर सररकारमा मन्त्री बनाउने कार्यमा समेत प्रधानन्यायाधीश स्वयम प्रधानमन्त्रीसंग साँठगाँठमा रहेको प्रष्ट भएको छ । न्यायलयबाटै परमादेशसंग मन्त्री साट्नु भनेको पक्कै पनि राम्रो काम हैन ।

सका कारण आगामी दिनमासमेत जनताको न्यालयप्रति भरोसा टुट्दै जाने सम्भावना बडेको डा. ज्ञावलीले बताए । जब कार्यपालिकाको साक्षि न्यायपालिका बन्छ तब न्यायपालिकाकाृ अस्तित्व समाप्त हुन्छ । राणाले गरेको कार्य न्यायपालिकाको लागि सह्य छैन, ज्ञवालीले भनेका छन् ।

गजेन्द्र हमाल मन्त्री बन्नुको कारण
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्धा प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठित इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरे ।

त्यतिमात्रै नभएर सांसहरुलाई कार्वाही गरेको विषयमा परेका धेरै मुद्धाहरुलाई समेत प्रधानन्यायाधीशले गठबन्धनको पक्षमा फैसला सुनाउँदै गए । परमादेशबाट बनेको सरकार र सरकारलाई न्यायपालिकाको तर्फबाट गरेको सहयोगको मूल्य बराबर प्रधानन्यायाधीशले मन्त्री र रादूतमा आफ्नो भाग खोजेका थिए ।

शुरुमा दुई मन्त्री र एक राजदूत प्रधानन्याधीशले मागेका थिए । उनले यसको प्रतिवाद गर्दै आएका छन् । आफुले भाग नमागेको विषयमा उनले पत्रकार सम्मेलन नै गरे । तर अन्तीममा एक मन्त्री मागेको राणालाई असर नपुग्ने गरि गठबन्धनले जिम्मा लिने गरि पूर्व कांग्रेस नेता तथा प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाए ।

यस विषयमा प्रश्न उठे त्यसको प्रतिवाद गर्ने जिम्मा गठबन्धनले लिएका छन् । एकातिर सत्तारुढ दलभित्र मन्त्री नबनाएको भन्दै सांसदहरु असन्तुष्ट देखिएका छन् भने अर्को तर्फ गैर सांसदलाई न्यापालिकासँग जोडर मन्त्री बनाएको चर्चा चर्किदै गएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.