भ्रष्टाचार गर्ने नेतालाई छुट छैन: अध्यक्ष नेपाल

काभ्रेपलाञ्चोक ।कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन् ।

‘सत्तरी करोडको दागले काभ्रेली जनताको शिर निहुर्‍याउने काम भ्रष्टाचारीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटाउनु छ । त्यस्ता भ्रष्टाचारीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ ।’

अबको दिन एकीकृत समाजवादीको भएको उनले बताए । एमालेका दिन गए । अब एमालेको कल्पना पनि नेपाली जनताले गर्न सक्ने छैनन् । फुर्ती नलगाए हुन्छ । विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द कम्युनिस्ट पार्टीमा हुन सक्दैनु, अध्यक्ष नेपालले भने ।

कम्युनिस्ट पार्टी विचार प्रधान हुने नेता नेपालको भनाइ छ । विश्व इतिहासलाई कोट्याउँदा कस्ता–कस्ता बादशाह सत्ताच्युत भएका छन् भने केपी ओली के हो र १ जसले पाठ सिक्दैछ, अहम्ताले कहाँ पुर्‍याउँछ,’ उनले भने ।

केही दिनमै प्रदेश १ र बागमती प्रदेशको सत्ता पनि गुम्ने बताउँदै उनले यो सबैको कारण ओलीको अहमता भएको बताए । ओलीले विश्व इतिहासमा कम्युनिस्टमाथि कालो धब्बा लगाएको आरोप लगाए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.