काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सिफारिसमा मन्त्री बनेको आरोप लागेका हमालले मन्त्री बनेको दुई दिनमै पदबाट राजीनामा दिएका हुन् । हमालले केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएका हुन् । हमालले शक्रबार मात्रै पद तथा गोपनीयताको शपथ लिएका थिए ।