ट्रकको ठक्करबाट रोकायाको घटनास्थलमै मृत्यु

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ ।

आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.