काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएका छन् ।
आइतबार सबै राजनीतिक दलबीच भएको सहमतिअनुरुप कांग्रेस र माओवादीले मन्त्रीको नाम टुंग्याएका हुन् । आजै मन्त्रिपरिषद विस्तार गरी शपथ गराउने कार्यक्रम तय भएको छ ।
यसअघि मन्त्रीको नामावली टुंगिँदा नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।