काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।
यसअघि एकीकृत समाजवादीलाई दिने सहमति भएको सो प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ ।
कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । कांग्रेसको वागमती प्रदेशसभा दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुन् ।