काठमाडौं । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमरकट्टेलले जबरजस्त गठबन्धन बनेको बताएका छन् ।
आइतबार बसेको बागमती प्रदेश सभाको बैठकलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
संबोधनका क्रममा चाँडै नेकपा एमालेको तर्फबाट मन्त्री बनेकी शाक्यलाई हटाइ मन्त्रिमण्डल विस्तार गर्नुपर्ने बताए । संविधान र विधिलाई सस्थागत गर्नका लागि अप्राकृतिक गठबन्धन बनेको उनको भनाइ छ ।