लमजुङ । लमजुङ प्रहरीले बिस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका– ७ घर भई २२ वर्षदेखि बेँसीशहर नगरपालिका–८ झ्याङखोलामा जडिबुटी पसल संचालन गरी बस्ने वर्ष ६९ का हरिराम बानियाँ रहेका छन् ।
बानियाँको पसल खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा बारुद बनाउने कच्चा पदार्थ गन्धक चार किलो, सोडा १६ किलो तथा बारुद बनाउन प्रयोग हुने विभिन्न किसिमका पटकासमेत बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
पक्राउ परेका बानियाँमाथि बिस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।