ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप तथा दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहीत बराबरीमा रोकिएको हो ।

घरेलु टोली कोलम्बियाले स्टार खेलाडी नेयमारसहितको बलियो ब्राजिललाई रोकेको हो ।

बराबरीसँगै ब्राजिल शीर्ष स्थानमा यथावत छ । १० खेल खेलेको ब्राजिल २८ अंकसहित दक्षिण अमेरिकी छनोटमा पहिलो स्थानमा छ । ११ खेलबाट १५ अंक बनाएको कोलम्बिया पाँचौ स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.