गण्डकी प्रदेश सांसद डोबाटे मन्त्रीमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेस सांसद विश्वकर्मालाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो । कांग्रेस सांसद डोबाटे तनहुँका हुन् ।

उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

यसअघि  जेठ २९ मै मन्त्री हुने निश्चित भएका दोबाटेलाई बाटोबाटै फर्काएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.