डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।