काठमाडौं । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको र स्थानीयबीच भएको भीडन्तमा परी घाइते भएका चार सुरक्षाकर्मीलाई उपाचारका लागि काठमाडौं ल्याइएको छ । शसस्त्र प्रहरी पस्पताल र नेपाल प्रहरी अस्पतालमा उपचारत उनीहरुलाई सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।
उद्धार गरी काठमाडौंमा उपचारका लागि ल्याइएकाहरुमा नेपाल प्रहरीका जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका साहयक हवल्दार खुशीराम चौधरी र हवल्दार तिलक धामी छन् ।
आइतबार मोतीपुरमा प्रहरी र औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बस्नेहरु बीच झडप हुँदा ४ जनाको मृत्यु हुनुका साथै ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए ।
जग्गा कब्जा गर्न आएका व्यक्ति र जग्गा खाली गर्न पुगेका सुरक्षाकर्मीबीच झडप हुँदा औद्योगिक क्षेत्र तनावग्रस्त बनेको हो । निर्माणाधीन औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र प्रहरीबीच आइतबार दिउँसो करिब २ घण्टा झडप भएको थियो ।
मोतीपुर क्षेत्रमा कडा सुरक्षा
बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ । बुटवल उपमहानगरपालिकाको १७ र १८ नम्बर वडामा रुपन्देही प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
झडपमा परी ४ जना जग्गा अतिक्रमणका लागि आएका व्यक्तिको मृत्यु भएको छ । ५१ सुरक्षाकर्मीका ५१ सहित ७३ जना घाइते छन् । त्यसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।