मोतीपुर घटनाको विश्लेषण गर्न सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं । बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडपको घटनाको छानबिनका लागि गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ ।

आइतबार मोतीपुर जग्गा प्रकरणमा सुरक्षा निकाय र प्रहरीबीच भएको भीड्न्तमा भएको क्षति र सोबारे छानबिनका लागि गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति छ । 

मोतीपुरमा भएको घटनामा परी चार सुरक्षाकर्मी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काठमाडौंमा ल्याइएको छ । झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ । 

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.