गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन: एमाले

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमालेका सांसदले नाराबाजी गरेका छन् । 

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नाराबाजी गर्दै आएका उनीहरुले सोमबार मोतीपुर औद्योगितक क्षेत्रलाई लिएर भएको झडपका क्रममा भएको गोली प्रहारको विषयलाई लिएर नेकपा एमालेले संसदनमा नाराबाजी गरेको हो । 

सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । 

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.