काठमाडौं । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ ।
प्रहरीका अनुसार सोमबार कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको हो । लुटपाटको आशंकामा गोली चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार गाेली चल्दा सुरक्षा गार्ड घाइते भएक छन् भने घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।