कास्की जीप दुर्घटना अपडेट : घाइते आठ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको छ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दिउँसो २:०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर खस्दा घाइते भएका उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.