न्यायाधीश तिलप्रसाद श्रेष्ठको दसैँको पारिवारिक भेटघाट र घुमघामको योजना

 स्याङजा । दशैँ स्याङ्जास्थित घरमै हुन्छ । बुवाआमाबाट टिका लगाउँछु । शुभचिन्तकलाई टिका लगाइदिन्छु । टिकाको भोलिपल्ट कार्यक्षेत्रमा फर्किन्छु ।यसपालि पारिवारिक भेटघाट र जिल्लामै घुमघामको योजना छ । दशैँको छुट्टिलाई मैले अध्ययनको रुपमा उपयोग गर्ने सोंचेको छु । यसपालि दुइटा अध्ययन गरिरहेको छु ।

एउटा चेञ्च मेकर भनेर जुडियसरी वेलविइङमा । अष्ट्रेलियाको भिक्टरियाको कलेजबाट शब्द पाएको छु । त्यसमा अध्ययन खोजी गरिरहेको छु । यो शब्दलाई न्यायिक स्वास्थ्य भनेर नेपालीमा भनेको छु ।

मानव स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भनेझै जुडिसियरीलाई कसरी स्वस्थ बनाउने भन्ने अध्ययनमा लागेको छु । दशैँले विशेषतस्हामीलाई सत्यको विजय भन्ने परम्परागत मान्यता छ । हामीलाई सत्य निष्ठाप्रतिकोहाम्रो प्रतिबद्धता राम्रो कसरी गर्न सकिन्छ भनेर शुभकामना, आशिर्वाद आदानप्रदान गर्ने हो ।

(श्रेष्ठ विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश हुन् )।

© 2021 Quicknepal.com  |  All Rights Reserved.