साफको फाइनल गेमपछि नेपाल नबस्ने प्रशिक्षक अल्मुताइरीको घोषणा

काठमाडौं । नेपालले साफ च्यापियससिपमा इतिहास रचेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले आफु नेपाल नबस्ने घोषणा गरेका छन् ।

नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेका कारण आफु अब नेपाल नबस्ने भन्दै उनले घोषणा गरेका हुन् । मेरो एउटा सपना थियो । कुनै अन्तर्राष्ट्रिय गेममा नेपाललाई फाइनल लाने । तयो पुरा गरेको छु । मैले आफ्नो जिम्मेवारी पुरा गरेको जस्तो लाग्छ । त्यसैले अब नेपाल प्रशिक्षकको रुपमा म बस्दिँन , उनले भनेका छन् ।

उनले नेपालका लागि साफको फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताइएको छ । बुधवारको खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपालले फाइनल प्रवेश गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.