टिकाको दिनलाई टिकटको जोहो

काठमाडौं ।विदेश भन्ने वित्तिकै खाडि मुलुकसाउदी,कतार बुझ्ने एक जमात छ । जहाँ गरिब नेपालीजनताका छोराछोरी–अझभनौ छोराहरु आफ्नो श्रम बेच्न जान्छन् । र, सोहि श्रम बेचेर जिविकोपार्जन गर्छन् । यस्तै बुझाईको भिडमा तङग्रिएको छ, यसरी नै चिनिन्छ,यसरी नै नजिकिएको छ विदेश शब्दसगँ नेपाली समाज । तर ठ्याक्कै त्यत्तिमै मात्रसिमित छैन विदेश शब्दजत्ति नेपाली समाजले देखेको छ । निकै फराकिलो अनि बृहत छ ।

तर, विडम्वना यहाँनिर छ कि, विदेश जानेहरु विदेशको अर्थ खोज्दैनन् । विदेशका परिभाषाबुझ्दैनन् या भनौ बुझ्न चाहाँदैनन् । उनिहरुलाई त्यताको पाटो सरोकार नै नभएकाे जस्तो देखिन्छ ।। बस् पैसा भएपुग्यो । यसबाटै देशको स्थिती छर्लङ्ग देख्न सकिन्छ । नेपालअनि नेपालीयुवाकसरी गुज्रिएका छन् ।

कतिपययुवाविहे गरेर विदेश जान्छन्, त कतिविहे नगरेकाहरु । यस्तै–यस्तै मानिसको भिडमा पर्छन सोलुका २२ वर्षिय बलबहादुर । उनीविदेश जानलाई पैसाको जोहो गर्दै रहेछन् । कतार जान१ लाख ६० हजार लाग्ने रहेछ,उनी २० हजार त्यो पनि ऋण काटेरआएका रहेछन् । २० हजार रुपैयाँ काठमाडौ आउँदा,बस्दा,खादाँ नै सक्किसक्यो । अब टिकाको दिनसम्म कसरी टिक्ने अनि १लाख ६० हजार कस्लाई कहाँमाग्ने ?अन्योलमा छन् उनी ।

उता गाउँमा उनका २ वर्षिय छोरा,श्रीमती,भाइबहिनी, आमा र बाबाछन् । बाबा जङ्गलमादाउरा काट्ने क्रममा रुखको मुडोले किचेर हिडडुल गर्न नसक्ने अवस्थामा छन् । उनको उपचारकाक्रममा ५ लाख भन्दाबढि ऋण लागेको रहेछ । ऋण दिने साहुको किचकिच सुन्ननसकेर विदेशीन लागेका रहेछन् उनी ।घरमा दुई वर्षकोछोरो,भर्खरकीश्रीमती,अशक्तबुवा,वृद्धआमा, साना सानाभाइबहिनीअनिकिच्चकिचे साहुजस्लाई सम्झदै भक्कानिए उनी। उनको भावुकतासँगै वरीपरि उभिएकामानिस अनि सिंगोवातावरण नै स्तब्धबन्यो ।

२९ गतेको अर्थात दशैंको टिकाको दिन उनी नेपाल छाडेर विदेश उड्दैछन् । म्यानपावर कम्पनीले सोहीदिनको टिकट तयार भएको र पैसा लिएर आउनभनेको छ । एकातिर विदेश जाने दिनपक्काभएको खुशीअर्कातिर म्यानपावरमा बुझाउन र टिकट लिनलाई पैसा नभएको पीडा छ उनको मनमा । टिकाको दिनसम्म काठमाडौं बस्न खर्चको जोहो गर्नुछ उनलाई भने गाउँमा परिवारलाई दशैं खर्च पठाउनुपर्ने छ । तर कसरी पैसा जोहो गर्ने थाहा छैन उनलाई ।


उनीकुहिरोभित्र हराएकोे कागझै यतै कतै भिडमै हराएका छन् । धान बेचेर साहुको ऋण तिरिसके । घरमाचामलको गेडो थिएन। उनीचामलको जोहो गर्न के गर्दै होलिन् ? कस्कोमा पैचो माग्नजालिन् ?,बनलेगुनासो गर्दै थिए । मासु किन्न पैसा छैन मासु बिनाको दशैं कस्तोे होलाउनिबोल्दै गर्दा नै भावविहल देखिन्थे ।केटाकेटिलाई दशैंमा नयाँलुगालगाउने र मिठो खाने रहर हुन्छ । अब भाइबहिनीलाई के खुवाउने ? के लगाइदिने? जेठो भएकाले जिम्मेवारी उनको काँधमाथुप्रिएको छ । ठुला बुझ्नेलाई त समस्या रहेन सानालाई कसरी बुझाउने हो, सोचमग्न छन् उनी।

यसपालि विजयादशमीको दिन टिका कि टिकट भनेर प्रश्नगर्दै गर्दा उनीदुवै हुननसक्ने संज्ञा दिन्छन् । टिकट र टिका दुवैको लागि पैसा चाहिने । त्यही पैसा नभएर उनीकमाउनकालागिविदेश सोझिनलागेका हुन् । घरपरिवार र समाज छाडेर विदेशीनबाध्यउनीसँगअहिले विदेश जानपनि पैसा छैन । साथीभाई आफन्तसँग ऋण माग्दा समेत पत्याएनन् उनलाई । यसपालिउनको परिवारले हर्षको होइन पीडा र दुखेसोको दशैं मनाउन पर्ने भएकोमा दुखी छन् बलबहादुर ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.