काठमाडौं । नेपाली कांग्रेस १४ महाविधेशनअन्र्तगत जारी रहेको जिल्ला तथा पालिका अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्रतिस्पर्धामा छन् ।
तर,हालसम्मको नतिजा हेर्दा महाधिवेशन प्रतिनिधिमा देउवा समूहकै अग्रताकायम रहेको निर्वाचन समितिले जनाएको छ ।कांग्रेस निर्वाचन समितिले दिएको जानकारीअनुसार देशभर रहेका ७ सय ५३ स्थानीयतहअन्र्तगतभएको अधिवेशनमा५ सय ५० वटा नगरमा नेतृत्वचयन भएको हो । बाँकी २ सय ३ स्थानीयतको नगर अधिवेशन जारी छ । अधिवेशन सम्पन्न भएमध्य २ सय ५२ स्थानीय तहमा देउवा समूह निर्वाचित भएको छ भने २ सय ५६ स्थानीय तहमा पौडेल समूह निर्वाचित भएको छ ।
त्यसवाहेक कांग्रेसमा थर्ड पिलरकारुपमा स्थापित सिटौलो समूह २७ स्थानीयतहमानिर्वाचितभएको हो। निर्वाचन समितिकाअनुसार आइतबार सम्मको नतिजा हेर्दा जिल्लातथा क्षेत्रीय सभापतिसहित ३ सय ६२ जना महाधिवेशन प्रतिनिधि चयन गरिएकोमा संस्थापन देउवा समूहका १ सय ९६, पौडेल समूहका १ सय २१, सिटौला समूहका २० र तटस्थ तथाअन्य गरी २५ जना रहेका छन् ।त्यस्तै कांग्रेले दशै अगावै २१ वटा हिमालीजिल्लामाअधिवेशन गर्ने बताए पनि अहिले सम्म ८ जिल्लामानगर अधिवेशन शुरु हुन सकेको छैन ।
निर्वाचन समितिले बताएअनुसार ८ जिल्लाको अधिवेशन हुन नसक्नुको प्रमुख कारण क्रियाशिल सदस्यता वितरणमा अनियमितता रहेको पाइएको हो । त्यस्तै क्रियाशील सदस्यता विवादकै कारण विभिन्नतहको निर्वाचन कार्यतालिका प्रभावित हुँदै आएको छ । बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता पनि सार्वजनिक हुन सकेको छैन।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार क्रियाशील सदस्यता टुंगिएका अन्य १० जिल्लाको वडा अधिवेशनसमेत हुन सकेको छैन ।जसमा सुर्खेत, डोल्पा, कैलाली, बाँके, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला रहेका छन्। उक्त वडा अधिवेशन दसैंपछि मात्र हुने बताइएको छ । बाँकी अधिवेशनहरु दशैं लगतै गर्ने नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले जनाए पनि हुने नहुनेमा अन्योल छ ।