महासचिव डा .शर्मालाई कोरोना संक्रमण

एजेन्सि  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ ।

बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन् । उनको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

डा . शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित छन् ।
उनले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीका कोरोना संक्रमण देखिएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.